2081-12-08

Message from Chairman

सुर्य विनायक नगरलिका र चाँगुनारायण नगरपालिकाकाे आस्था र विश्वासको धरोहर यस संस्थाले आफ्नो स्थापनाको एक दशक सफलताका साथ पूरा गरी १८ बर्ष प्रवेश गरेको अवसरसंगै संस्थाको गरिमामय १७ औं बार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ । स-साना पूजी जम्मा गरी केही युवा जाेश र जाँगरकाे सहकारी क्षेत्रमा सही परिचालन गर्ने उद्देश्यले थालिएको प्रयास सार्थक रुपमा २०६४ साल असाेज २२ गते यस संस्थाको विधिवत जन्म भएको थियो ।

सत्ताइस जनाकाे सुरु पूँजी रु.२७००/- शेयर पूँजी बाथ शुरुवात गरिएको यस संस्थाले उन्नाइसौं वर्ष प्रवेश गर्दा ११ करोड प्लसको संस्था बनिसकेको छ ।  शुरुमा भाडाको फ्ल्याटबाट कार्यालय संचालन गरेको भए पनि हाल यसले आफ्नै कार्यालकाे भवनबाट सेवा सुविधा दिदैं आएको सर्वविदितै छ ।